बिहेको तयारीमा काजल अग्रवाल
उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लो पटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् देखिएकी थिइन् ।
सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् । ‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे चर्चा लगत्तै आएको छ । कतिपयले त प्रभासले काजलसँग नै बिहे गर्न सक्नेसम्मको सम्भावना व्यक्त गरेका थिए । त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन् ।कान्तिपुरमा विस्तृतमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण