आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘मेस्सी अर्कै ग्रहबाट आएका हुन्’

बुधबार, १३ कात्तिक २०७६, १० : २८
बुधबार, १३ कात्तिक २०७६

रियल भालाडोलिडबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ उनका समकक्षी अर्टुरो भिडालले टिप्पणी गरेका छन् ।

मेस्सीले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सृजना गर्दा बार्साले भालाडोलिडमाथि क्याम्प नाउमा ५–१ को फराकिलो जीत हासिल गर्यो ।

मेस्सीले भिडालका लागि गोलको अवसर सृजना गरेपछि हाफ टाइम अघि फ्रिकिकबाट उत्कृष्ट गोल गरे । उनको क्लब र देशका लागि फ्रिकिकबाट ५० औँ गोल थियो ।

मेस्सीले दोस्रो हाफमा अर्को गोल थपे भने त्यसपछि लुइस सुवारेजका लागि गोलको अवसर सृजना गरे ।

‘मेस्सीले जहिले पनि आफ्नो उत्कृष्ट प्रदर्शनले खेलमा फरक पार्छन्,’ भिडालले खेलपछि भने, ‘हामी उनलाई हरेक दिन हेर्छौं तर हरेक दिन हामीलाई आश्चर्यचकित बनाइरहेका हुन्छन् । उनी अर्कै ग्रहबाट आएका हुन् ।’

खेलमा बार्सिलोनाले क्लेमेन्ट लेनग्लेटको गोलको मद्दतले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । तर, लगत्तै किकाले भालाडोलिडलाई खेलमा फर्काएका थिए ।

त्यसपछि भने मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले गोलको वर्षा गर्यो ।

जीतसँगै बार्सिलोना १० खेलबाट २२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

अर्को खेलमा एथ्लेटिको म्याड्रिड भने आलाभेससँग १–१ को बराबरीमा रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप