‘मेस्सी अर्कै ग्रहबाट आएका हुन्’
रियल भालाडोलिडबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ उनका समकक्षी अर्टुरो भिडालले टिप्पणी गरेका छन् ।
मेस्सीले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सृजना गर्दा बार्साले भालाडोलिडमाथि क्याम्प नाउमा ५–१ को फराकिलो जीत हासिल गर्यो ।
मेस्सीले भिडालका लागि गोलको अवसर सृजना गरेपछि हाफ टाइम अघि फ्रिकिकबाट उत्कृष्ट गोल गरे । उनको क्लब र देशका लागि फ्रिकिकबाट ५० औँ गोल थियो ।

मेस्सीले दोस्रो हाफमा अर्को गोल थपे भने त्यसपछि लुइस सुवारेजका लागि गोलको अवसर सृजना गरे ।
‘मेस्सीले जहिले पनि आफ्नो उत्कृष्ट प्रदर्शनले खेलमा फरक पार्छन्,’ भिडालले खेलपछि भने, ‘हामी उनलाई हरेक दिन हेर्छौं तर हरेक दिन हामीलाई आश्चर्यचकित बनाइरहेका हुन्छन् । उनी अर्कै ग्रहबाट आएका हुन् ।’
खेलमा बार्सिलोनाले क्लेमेन्ट लेनग्लेटको गोलको मद्दतले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । तर, लगत्तै किकाले भालाडोलिडलाई खेलमा फर्काएका थिए ।
त्यसपछि भने मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले गोलको वर्षा गर्यो ।
जीतसँगै बार्सिलोना १० खेलबाट २२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
अर्को खेलमा एथ्लेटिको म्याड्रिड भने आलाभेससँग १–१ को बराबरीमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण