बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त

बुधबार, १३ कात्तिक २०७६, ११ : ४९
बुधबार, १३ कात्तिक २०७६

सप्तरी । छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।  
 
    छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कंकालनी नगरपालिका १ का दिलीप मरिक (डोम)ले बताए। गाँस, बाँस र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महीनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य पाउने गरेको उनको भनाइ छ ।
    सप्तरी सदरमुकाम राजविराजलगायतका विभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका समानहरु डोम समुदाय बिक्री वितरण गर्नमा ब्यस्त देखिएका छन् । 
अहिले जिल्लाको गाउँ गाउँमा समेत डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त रहेको राजविराज नगरपालिका–३ कि अञ्जनी यादवको भनाइ रहेको छ । 

    डोम समुदायको जीविका उपार्जन त्यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका सामान बनाउन उनीहरु लागीपरेका छन् ।

यसैबीच महोत्तरीको औरही नगरपालिका वडा नम्वर १ का ४५ बर्षिय बिन्दी मल्ली डोमलाई पनि बाँसको चोयाबाट सामग्री बनाउन भ्याईनभ्याई भएको छ ।
उनी छठपर्वमा प्रयोग हुने टपरी, डालो, नाङ्लो लगायतको सामग्री बनाउन व्यस्त बनेका हुन् । 
एउटा बाँसको अहिले बजारमा दुई सय पच्चीस देखि तीन सयसम्म पर्छ । तर मलिकले तैयार पारेका बासको सामग्रीको मूल्य १ हजार देखि १५ सय सम्म पर्ने गरेकोे छ । 

    छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच–सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले डोम समुदायको आम्दानी राम्रो हुँदै गएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप