शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अफ्रिकालाई थप संकट, थेम्बा ज्वानले पाए टोलीको दोस्रो रातो कार्ड

शुक्रबार, २९ जेठ २०८३, ०२ : ३९
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिकाका मिडफिल्डर थेम्बा ज्वान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन् ।
  • यसअघि खेलको ५० औँ मिनेटमा याया सिथोलेले पनि रातो कार्ड पाएका थिए ।
  • एकै खेलमा दुई खेलाडीले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित भई मेक्सिकोसँग २-० ले पछाडि परेको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका थप संकटमा परेको छ । खेलको ८२ औँ मिनेटमा दक्षिण अफ्रिकाका मिडफिल्डर थेम्बा ज्वान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन् । यो सँगै दक्षिण अफ्रिका अब मैदानमा ९ खेलाडीमा सीमित भएको छ ।

मैदानमा बल नभएको ठाउँमा मेक्सिकोका खेलाडी अल्भाराडो र ज्वानबीच भएको टक्करका क्रममा मेक्सिकन खेलाडीको टाउकोमा चोट लागेको देखिएको थियो।  

यसअघि खेलको ५० औँ मिनेटमा याया सिथोलेले रातो कार्ड पाइसकेका थिए । एकै खेलमा दुई खेलाडीले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका निकै कमजोर स्थितिमा पुगेको छ ।

अहिले खेलको ८३ औँ मिनेट जारी रहँदा आयोजक मेक्सिको २–० ले अगाडि छ।  मेक्सिकोका लागि ९ औँ मिनेटमा जुलियन क्विनोनेस र ६७ औँ मिनेटमा राउल जिमिनेजले गोल गरेका थिए । अब ९ खेलाडीमा खुम्चिएको दक्षिण अफ्रिकाका लागि बाँकी समयमा खेलमा फर्कन लगभग असम्भव जस्तै देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप