विश्व बैङ्कको प्रतिवेदनमा अर्थमन्त्रीको प्रतिक्रिया : कडा मिहिनेत गरेर परीक्षा दिएका थियौँ, सफलता मिल्यो
काठमाडौँ । डुइङ बिजनेसमा विश्व बैङ्कले निकानलेको प्रतिवेदनमा नेपालको प्रगति अपेक्षित रहेको अर्थमन्त्री डा. युवराज खतिवडा बताएका छन् । वल्र्ड बैङ्कको प्रतिवेदनमा १६ स्थानमाथि उक्लनु आफ्नै मिहिनेतको प्रतिफल भएको उनले बताए ।
खतिवडाले भने, ‘यसले नेपाललाई खुसी बनाएको छ । १९० देशमा हामी ९४ स्थानमा छौँ । यो हामीले गरेको कडा मिहिनेतको प्रतिफल हो । हामीले राम्रो परीक्षा दिँदादिँदै नतिजा राम्रो आएन भने त्यसले फ्रस्टेड बनाउँछ । यसले राम्रो गर्ने विद्यार्थीलाई हतोत्साहित तुल्याउँछ । गत वर्ष हतोत्साहित बनाए पनि अहिले मिहिनेतको फल मिलेको छ ।’
आफूहरुले बजेटपछि धेरै सुधार गरेको र कानुनहरुलाई सोहीअनुसार परिमार्जन गरेको उल्लेख गर्दै उनले भने, गत वर्ष पनि व्यापार सुधार गरेका थियौँ तर नतिजा भने उल्टो आयो, यस वर्ष सोचेअनुरूपको सफलता मिलेको छ ।’
स्थानीय तहका करमा केही समस्या देखिएको रिपोर्टले देखाएको छ । अर्को वर्ष दुवै क्षेत्रमा व्यापक सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता व्यक्त गरे । ‘नयाँ व्यवस्था भएकाले स्थानीय तहमा केही समस्या भएकै हो,’ उनले भने, ‘अर्को वर्ष ती सम्पूर्ण समस्या समाधान हुन्छ ।’
डुइङ बिजनेस रिपोर्टले विद्युतको गुणस्तर बारेमा भने प्रश्न उठाएको छ । त्यसलाई पनि अर्को वर्ष सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता जनाए । ‘त्यसैगरी, निजी क्षेत्रले उद्योग खोल्न जति सजिलो छ, बन्द गर्न त्यति सहज छैन भन्ने गुनासो गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसलाई पनि सहज बनाइन्छ । त्यसको प्रक्रियाअघि बढिसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण