कमल थापाको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । पिडौँला र तिघ्रामा समस्या भई ढाड दुखेका कारण अस्वस्थ्य भएका अध्यक्ष थापाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सो पार्टीले जनाएको छ ।
यही कात्तिक ८ गते आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्य भई खेल छाडेका थिए । उनी कात्तिक १४ गते स्वदेश फर्कनुहुने सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।
तेस्रो पटक ‘स्वाभिमान यात्रा’ हुँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीले यही कात्तिक २२ देखि २४ गतेसम्म तेस्रो चरणको ‘स्वाभिमान यात्रा’ गर्ने भएको छ । सङ्गठन सुदृढीकरणका साथै पार्टीका राजनीतिक कार्यक्रम प्रचार गर्ने उद्देश्यले गर्न लागाएिको उक्त यात्रा सिन्धुलीबाट शुरु गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा समापन गरिने छ ।
यसअघि पहिलो चरणमा मेची महाकाली स्वाभिमान यात्रा गरी ३७ जिल्लामा कार्यक्रम गरिसकेको छ भने दास्रो चरणमा मुस्ताङबाट गोरखासम्म गरिएको स्वाभिमान यात्रामा सात जिल्लामा कार्यक्रम गरिएको पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पार्टीले लिएका हिन्दू राष्ट्रलगायतका राजनीतिक मुद्दालाई जनस्तरमा प्रचार गरी उनीहरुको सुझाव यात्रामा सङ्कलन गरिने छ । देशभर गर्ने लक्ष्य राखिएको उक्त यात्रा बाँकी रहेका जिल्लामा केही महिनापछि पूरा गरिने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण