इन्जुरी समयमा रोनाल्डोको निर्णायक गोल
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि युभेन्ट्स इटालियन सिरि ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्ट्सले जेनोआलाई २–१ गोलले हरायो । खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । ३६ औं मिनेटमा लियोनार्डो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । तर, युभेन्ट्सको अग्रता चार मिनेटमै टुटेको थियो । ४० औं मिनेटमा जेनोआका क्रिस्टियन कौअमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
जेनोआ दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटिएको थियो । ५१ औं मिनेटमा फ्रान्चेस्को कसाता दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । युभेन्ट्स पनि ८७ औं मिनेटमा १० खेलाडीमा समेटियो । एड्रिन राबिओट दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि इन्जुरी समयमा युभेन्ट्सले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई रोनाल्डोले सही सदुपयोग गर्दै टोलीको जित सुनिश्चित बनाए । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले १० खेलबाट २६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको २५ अंक छ । युभेन्ट्ससँग पराजित भएको जेनोआ आठ अंक सहित १७ औं स्थानमा छ ।
सिरि ‘ए’ अन्तर्गत बुधबार राति नै भएको अन्य खेलमा रोमाले युडिनेस तथा लाजियोले टोरिनोलाई समान ४–० गोलले हराएको छ । काग्लियरीले बोलोग्नालाई ३–२ र फियोरेन्टिनाले सासौलोलाई २–१ गोलले पराजित गरेको छ । नापोली र एट्लान्टाले २–२ तथा साम्पडोरिया र लिसेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण