प्रधानमन्त्री ओलीले गराइरहेको ‘हेमोडायलाइसिस’ के हो ?
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था यतिखेर चर्चाको विषय बनेको छ । मृगौलाका रोगी प्रम ओलीको स्वास्थ्य चर्चासँगै यतिखेर अर्काे एउटा शब्द पनि चर्चित बनेको छ ः हेमोडायलाइसिस । प्रधानमन्त्री ओलीलाई अहिले यही उपचारपद्दति अन्तर्गत उपचार भइरहेको छ ।
आखिर के हो हेमोडायलाइसिस ? आउनुहोस्, यसबारेमा केही चर्चा गरौं ।
जब हाम्रो शरीरको मृगौलाले काम गर्न सक्दैन, काम गर्छ छोड्छ वा ठीक ढंगले काम गर्न सक्दैन, त्यो अवस्थामा रगतमा विकार बढ्न थाल्छ । शरीरमा अत्यावश्यक खनिज पदार्थहरुको सन्तुलनमा गडबढी आउन थाल्छ । फलतः शरीरका कोषहरुले राम्रो काम गर्न सक्दैन र पानी जम्न थाल्छ ।
यस्तो अवस्थामा, रगतमा जम्मा भएको विकार, शरीरको कोषहरुमा जम्मा भएका अनावश्यक पानीहरुलाई बाहिर निकाल्नको लागि मेशिनको सहायता लिनुपर्ने हुन्छ । प्राकृतिक अवस्थामा मृगौलाले जसरी शरीरबाट विकारलाई छानेर पिसाबको माध्यमबाट छान्ने र बढी भएको पानीलाई फ्याँक्ने काम गरिरहेको हुन्छ, ठीक त्यही तरिकाले हेमोडायलाइसिस उपचारले पनि विकार छान्ने र अतिरिक्त पानी फ्याँक्ने काम गरिरहेको हुन्छ । हेमोडायलाइसिसले हाम्रो शरीरको रक्तचापलाई नियन्त्रित राख्न मद्दत गर्छ साथसाथै यसले हाम्रो शरीरलाई आवश्यक पर्ने पोटासियम, सोडियम, क्याल्सियम लगायतका खनिजपदार्थहरुलाई नियन्त्रित मात्रमा कायम गर्न पनि सहयोग गर्छ ।
हेमोडायलाइसिसले हामीलाई स्वस्थ महसूस गर्न र बिरामीको आयु लम्व्याउन मद्दत त गर्छ तर यो मृगौला काम नलाग्ने अवस्थाको विकल्प चाहिँ होइन ।
हेमोडायलाइसिसको दौरानमा के हुन्छ ?
हेमोडायलाइसिसले रोगीको मृगौलालाई आराम गर्ने मौका प्रदान गर्छ । त्यो दौरानमा मृगौलाले सामान्य अवस्थामा गर्ने रगत शुद्ध पार्ने काम मेशिनले गरिदिन्छ । त्यसका लागि रगतलाई मेशिनमा पठाएर त्यहाँको फिल्टरले छान्ने काम हुन्छ । त्यसरी रगत छान्ने फिल्टरलाई डायलाइजर भनिन्छ । रोगीको शरीरभन्दा बाहिरै हुने यो मेशिनलाई कृत्रिम मृगौला पनि भन्ने गरिन्छ ।
हेमोडायलाइसिस उपचारको शुरुवातमा, नर्स वा स्वास्थ्यकर्मीले पाखुराको नसामा दुईवटा सुई घुसार्छन् । एउटा सुई मुुटुबाट शरीरमा रगत ल्याउने नसामा र अर्को सुई चाहिँ शरीरबाट मुटुमा रगत लैजाने नसामा राखिएको हुन्छ । नसामा सुई घुसार्न सजिलो होस् भनेर कहिले काहीँ छालालाई लठ्याउने क्रिम वा स्प्रे पनि लगाउने गरिन्छ । ती दुई सुईहरु नरम ट्युबको माध्यमबाट डाइलोसिस मेसिनसँग जोडिएको हुन्छ ।

डाइलोसिस मेशिनले त्यसमा जडित फिल्टरको बाटोबाट रगतलाई पम्प गर्छ र शरीरमा रगत फिर्ता पठाइदिन्छ । यो दौरानमा डाइलोसिस मेसिनले विरामीको शरीरको रक्तचाप जाँचिरहेको हुन्छ र कति चाँडो फिल्टरबाट रगत पठाउने तथा शरीरबाट अतिरिक्त पानी हटाउने भन्ने कुरा नियन्त्रण गरिरहेको हुन्छ ।
फिल्टरमा यसरी शुद्ध हुन्छ रगत

रगत फिल्टरको एउटा टुप्पोतिरबाट भित्र पठाइन्छ, जहाँ यो थुप्रै मसिना खोक्रा फाइबरहरुबीचबाट गुज्रन्छ । जसै रगत ती खोक्रा फाइबरहरुबाट पार हुन्छ, फाइबरको अर्कोपट्टिको बाहिरी भागमा ‘डाइलिसिस सोलुसन’ हरु पनि पार हुन्छन् । त्यस दौरानमा रगतमा भएका विकारहरु त्यो डाइलिसिस सोलुसनमा जान्छ र रगत शुद्ध हुने प्रक्रिया सम्पन्न हुन्छ । त्यसरी छानिएका शुद्ध रगत त्यो खोक्रो फाइबरमै रहेको हुन्छ र त्यो फर्किएर शरीरमा जान्छ ।
मृगौला विशेषज्ञले त्यो डाइलिसिस सोलुसन विरामीको आवश्यकताअनुसार सिफारिश गर्ने गर्छ । त्यो डाइलिसिस सोलुसनमा पानी, नून डेक्टोर्स भनिने चिनी र हाम्रो शरीरमा पाइने अन्य थुप्रै्र रसायनहरु रहेको हुन्छ, जसले रगतलाई शुद्ध पार्ने काम गर्छ ।
के डाइलोसिसले मृगौलाले गर्ने सबै काम गर्छ ?
यसको उत्तर हुन्छ ः अहँ । हेमोडायलाइसिसले स्वस्थ मृगौलाले गर्ने कामहरुमध्येको केही हिस्सा काम गर्न सक्छ तर यसले मृगौलाले गर्ने सबै काम गर्न सक्दैन । डाइलोसिसले हाम्रो शरीरको उर्जाशक्ति बढाउन तथा तपाईंलाई केही स्वस्थ महसुस गर्न अवश्य पनि मद्दत गर्छ । त्यसका साथसाथै, खानपानमा गरिने परिवर्तन, तरल पदार्थ ग्रहण गर्ने कुरामा अपनाइने सावधानीले पनि यो उपचारको दौरामा शरीरमा पानी जम्ने प्रक्रियालाई नियन्त्रण गर्न सहयोग गर्न सक्छ । यसका साथसाथै, डाइलोसिस गरिएको बेलामा प्रयोग गरिने औषधीले पनि तपाईंको स्वास्थ्य अवस्थालाई नियन्त्रित अवस्थामा राख्न मद्दत गर्छ ।
हेमोडायलाइसिस र जीवन
हेमोडायलाइसिसको सबैभन्दा उत्तम विकल्प मृगौलाको प्रत्यारोपण नै हो तर सधैं र सबै अवस्थामा प्रत्यारोपण नै पनि अन्तिम विकल्प नहुन सक्छ । कतिपय अवस्थामा मिल्दो मृगौला फेला नपर्ने, फेला परेको मृगौला पनि बिरामीको शरीरले नस्वीकार्ने तथा विरामीको जटील स्वास्थ्य अवस्थाको कारण मृगौला प्रत्यारोपण पनि उत्तम विकल्प नठहरिन सक्छ । यस्तो अवस्थामा मृगौला रोगीले जीवनरक्षाको लागि भर पर्नुपर्ने उपाय भनेको फेरि पनि हेमोडायलाइसिस नै हो ।
हेमोडायलाइसिस भनेको मृगौलाको विकल्प होइन, उपचार मात्रै हो । यस अवस्थामा हेमोडायलाइसिसको मात्रै भरमा कति बाँच्न सकिन्छ भन्ने जिज्ञासा पनि उठ्न सक्छ । सामान्यतः कामै नलाग्ने अवस्थामा पुगेको एउटा मृगौला रोगीको आयु कति रहन्छ भनने कुरा उसको शारीरिक अवस्था र अन्य स्वास्थ्यसम्बन्धी समस्याहरुमा पनि निर्भर गर्छ तर सामान्यतः नियमित उपचारमा रहने हो भने हेमोडायलाइसिसकै आधारमा पनि मानिस ५ देखि १० वर्षसम्म सामान्यतः मानिस बाँच्न सक्छ । त्यसो त कतिपय बिरामीहरु त २० देखि ३० वर्षसम्म बाँचेको रेकर्ड पनि छ ।
तथ्य स्रोतः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण