इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गर्न कुलमानको आग्रह
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी ईफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न बैंकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पनि ध्यानाकर्षण गराए । आईतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उनले निजी क्षेत्रले पनि इनर्जी इफिसेन्सीको क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।
प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले ३ वर्ष भित्र देशभर विद्युत पु¥याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको पनि बताए । उनले बैकल्पिक उर्जामा दिइने अनुदान व्यक्तिगत भन्दा समुदायमा दिन उपयुक्त हुने सुझाव पनि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण