श्रीमान–श्रीमती मिलेर २४ लाख ठगी
आइतबार, १७ कात्तिक २०७६, १५ : ५४
काठमाडौँ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामा रहेको प्रहरीले जनाएको छ ।
उनलेहरु वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर २४ लाख २० हजार ठगी गरी गरेर फरार भएका थिए ।
उनीहरुले ठगी गरेको भन्दै रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविन कुमार तामाङ सहित ४ जना पीडितले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुले पीडितलाई लावस र भारतको डिल्ली सम्म पुर्याई अलपत्र पारी फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य दुई महिनाभित्र सुरु हुने
-
विपक्षीलाई सत्तापक्षकाे जवाफ : गृहमन्त्रीकाे राजीनामा र छानबिन आयोग असम्भव !
-
नार्पाभूमि र चुमनुब्री सडकः ८ वर्षदेखि नीति तथा कार्यक्रममा छ, बजेटमा छैन
-
‘हामी सबैका आफ्नै अन्नपूर्ण हुन्छन्’
-
एमआरपी र लेबलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण
-
गण्डकीको नीति तथा कार्यक्रम : राइड सेयरिङमा सङ्घलाई चुनौती