श्रीमान–श्रीमती मिलेर २४ लाख ठगी
आइतबार, १७ कात्तिक २०७६, १५ : ५४
काठमाडौँ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामा रहेको प्रहरीले जनाएको छ ।
उनलेहरु वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर २४ लाख २० हजार ठगी गरी गरेर फरार भएका थिए ।
उनीहरुले ठगी गरेको भन्दै रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविन कुमार तामाङ सहित ४ जना पीडितले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुले पीडितलाई लावस र भारतको डिल्ली सम्म पुर्याई अलपत्र पारी फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण