जुडोको वैदेशिक प्रशिक्षण जापान र मंगोलियामा
काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि जुडो टोलीले जापान र मंगोलिया वैदेशिक प्रशिक्षण गर्दैछ । सागमा लागि जापान जापान जाने टोली चार खेलाडीसहित सात सदस्यीय टोली रहेको छ । खेलाडीमा सोनिया भट्ट, मनिता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल छन् । व्यवस्थापकमा विपिनप्रसाद श्रेष्ठ तथा प्रशिक्षकमा देवु थापा र पृथ्वी आलोक रहेका छन् । टोली सोमबार प्रस्थान गर्दैछ ।
यसैगरी १६ खेलाडीसहित १९ सदस्यीय अर्को जुडो टोली मंगलबार मंगोलिया जाँदैछ । मंगोलिया जाने खेलाडीमा उमेश मगर, सुनील नगरकोटी, मनीष महतो, पवनकुमार श्रेष्ठ, श्रीराम मकाजु, रमेशबहादुर चन्द, शिवबहादुर बराम, राजन जोशी, सुमित्रा राई, देविका खड्का, निर्मला घर्ती मगर, विनिता मगर, निशा चौधरी, पुनम श्रेष्ठ, आकृति जोशी र दीपा गुरुङ रहेका छन् । व्यवस्थापकमा धर्मरत्न पछाईं तथा प्रशिक्षकमा वीरेन्द्र रञ्जित र दलबहादुर गुरुङ छन् ।
जापान जाने टोली नोभेम्बर २७ तारिख तथा मंगोलिया जाने टोली नोभेम्बर २९ तारिखमा स्वदेश फर्किने कार्यक्रम छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण