हाइड्रो पावरको सुरुङभित्र थुनिएका तीन जनाको शव भेटियो
सम्राट सिंह
बझाङ । बझाङको बुंगल नगरपालिकास्थित कालङ्गा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता ईश्वरीदत्त पाण्डेयका अनुसार सोमबार दिउँसो साढे ३ बजेको समयमा उनीहरुको शव सुरुङभित्र भेटिएको हो । ‘उद्धार टोलीले तीन जना मजदुरको शव सुरुङभित्र भेट्टाएको छ’, उनले भने, ‘हराइरहेका अर्का एक जनाको पनि खोजी भइरहेको छ तर फेला पार्न सकिएको छैन ।’
सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निसास्सिएर थुनिएका थिए । सुरुङभित्र दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी थुनिएका थिए ।

उनीहरुसँगै रहेका अन्य दुई मजदुर भने बाहिर निस्कन सफल भएका थिए । हाइड्रो पावरको सुरुङमा थुनिएका मजदुरको उद्धारका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका थिए ।
उनीहरुबाट उद्धारको सम्भावना नदेखिएपछि कुरिनटारबाट सशस्त्र प्रहरीको ६ जनाको टोली हेलिकोप्टरमार्फत् बझाङ पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण