प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : अध्यक्ष प्रचण्ड
कोहलपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताएका छन् ।
नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उनले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिए ।
“प्रदेश नं ५ को राजधानी प्रदेशको केन्द्रमै पर्नेगरी हुनेछ”, प्रचण्डले भने, “प्रदेशको केन्द्र पर्ने गरी नयाँ ठाउँ विकास गरे झन राम्रो हुनेछ अन्तिम फैसला जनताको नै हुनेछ ।” उनले आफ्नो पार्टीबाट वडा नं ६ मा उम्मेदवार बन्नुभएका रामशरण थारुको जीत सुनिश्चित रहेको बताए ।
कोहलपुर–६ कमिटीका अध्यक्ष लक्ष्मण पाण्डेको प्रस्तावमा थारु सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका थिए । थारु गत स्थानीय चुनावमा पनि वडा अध्यक्षका उम्मेदवार थिए । रामसोहन थारुको गत मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त भएको हो ।
अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेको उक्त वडामा हाल मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार राम सोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण