बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली भूभाग भारतको नक्सामा समेटिएकोप्रति विरोध

बुधबार, २० कात्तिक २०७६, १२ : २७
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटे प्रति सत्तारुढ दल निकट विद्यार्थी संगठनले विरोध जनाएको छ । 

अनेरास्ववियूले त्यसको विरोधमा बुधबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियूकी नेतृ सुनिता बरालले राष्ट्र र राष्ट्रियतासँग जोडिएको विषय भएकाले सबै पक्ष एकजुट भएर भारतलाई गल्ती सच्याउन दबाब दिनुपर्नेमा जोड दिइन् । 

 ‘भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै अतिक्रमण भएको छ । यो विषयलाई अब उप्रान्त निहुँ खोज्ने ठाँउ नदिई कुटनितिक र राजनितिक पहलमार्फत टुंगोमा पुर्याइनु पर्छ,’ उनले भनिन् । 

भारतीय पक्षले नक्सामा नेपाली भूमि समेटेसँगै त्यसको चौतर्फी विरोध हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप