फ्राइडे रिलिज : ‘जीवन काँडा कि फूल’ भर्सेज ‘घामड शेरे’
‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ आजबाट रिलिजमा आएका फिल्म हुन् । फ्राइडे रिलिज अन्तरगत यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।
फरक फरक कथामा निर्माण भएका दुई फिल्म मध्ये ‘जीवन काँडा कि फूल’ बिनोद बिष्टको निर्देशनमा तयार भएको हो भने ‘घामड शेरे’मा हेमराज बिसीको निर्देशन रहेको छ ।
‘जीवन काँडा कि फूल’
साहित्यकार झमक कुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित रहेर निर्माण भएको फिल्म हो । लामो समयदेखि प्रदर्शन मितिको पर्खाइमा बसेको फिल्म निर्देशक विनोद विष्टले नै निर्माण गरेका हुन् ।
फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले निर्वाह गरेकी छन् ।
झमकको बहिनिको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानले अभिनय गरेकी छन् ।
३० भन्दा बढी कलाकारको अभिनय रहेको फिल्मले सन्देश समेत दिने भएकोले सबैले एक पटक हेर्नुपर्ने निर्देशक बिष्टले बताए ।
झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ ।
‘घामड शेरे’
‘घामड शेरे’ निर्देशक हेमराज विसीले बनाएको फिल्म हो । रियल कपल अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्ममा सुष्मा निरौला र गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण