१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।
अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ ।
चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ । भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओलम्पिकमा नेपाल’ को विमोचन
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)