मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इकार्डीले जोगाए पीएसजीलाई

आइतबार, २४ कात्तिक २०७६, ०८ : ३९
आइतबार, २४ कात्तिक २०७६

साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

पीएसजीको जितमा एन्जल डी मारिया र माउरो इकार्डीले गोल गरे । ब्रेस्टका सामुइल ग्रान्डसिरले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा मारियाले ३९औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि ७२औं मिनेटमा ब्रेस्टका सामुइलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल सकिन पाँच मिनेट बाँकी छँदा इकार्डीले गोल गर्दै पीएसजीलाई महत्वपूर्ण जित दिलाए ।

चोटका कारण पीएसजीले स्टार खेलाडी नेइमार र केलियन एमबाप्पेलाई खेलाएको थिएन । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १३ खेलबाट ३० अंक जोडेको छ । १७ अंक बनाएको ब्रेस्ट १०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको रेन्जर्सको २१ र तेस्रो स्थानमा रहेको लिलेको १९ अंक छ । शनिबार रातिनै भएको खेलमा एन्जर्स रेम्ससँग र लिले मेट्जसँग गोलरहित बराबरीका रोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप