इकार्डीले जोगाए पीएसजीलाई
साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
पीएसजीको जितमा एन्जल डी मारिया र माउरो इकार्डीले गोल गरे । ब्रेस्टका सामुइल ग्रान्डसिरले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा मारियाले ३९औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि ७२औं मिनेटमा ब्रेस्टका सामुइलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल सकिन पाँच मिनेट बाँकी छँदा इकार्डीले गोल गर्दै पीएसजीलाई महत्वपूर्ण जित दिलाए ।
चोटका कारण पीएसजीले स्टार खेलाडी नेइमार र केलियन एमबाप्पेलाई खेलाएको थिएन । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १३ खेलबाट ३० अंक जोडेको छ । १७ अंक बनाएको ब्रेस्ट १०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको रेन्जर्सको २१ र तेस्रो स्थानमा रहेको लिलेको १९ अंक छ । शनिबार रातिनै भएको खेलमा एन्जर्स रेम्ससँग र लिले मेट्जसँग गोलरहित बराबरीका रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण