अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबीच छलफल हुँदै
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ ।
साथै, गठबन्धन मुलुकहरुको प्रतिरक्षा, आतंकवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीहरु विरुद्ध लड्न साझा रणनीति बनाउन अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पनि छलफल हुने ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्प नेटो प्रमुखहरुको आगामी डिसेम्बरको शुरुमा हुने सम्मेलनमा सहभागी हुन लन्डनको भ्रमण गर्नेछन् । राष्ट्रपति ट्रम्पका कारण गठबन्धनका मुलुकबीचको एकताकै विषयमा प्रश्न उब्जिरहेको अवस्थामा नेटो स्थापनाको ७०औं वार्षिकोत्सव लन्डनमा मनाउन लागिएको छ ।
ट्रम्प प्रशासनले नेटोमा अमेरिकी लगानी अत्यधिक रहेको र यो बोझ अमेरिकाले मात्र उठाउन नसक्ने बताउँदै गठबन्धन मुलुकले प्रतिरक्षा खर्चमा योगदान बढाउन दबाब दिइरहेको छ । यसबाहेक अमेरिकासँग केही जल्दाबल्दा विषयमा पनि मतान्तर छ । खासगरी इरानी आणविक मुद्दा, उत्तरी सिरियामा टर्कीले गरेको सैन्य हस्तक्षेप तथा उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयमा नेटो गठबन्धनमा विवाद छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले हालै मात्र रणनीतिक सहयोगको कमी र संयुक्तराज्य अमेरिकाको नेतृत्वबाट भएको कमजोरीका कारण नेटो गठबन्धनमा ठूलो संकट आएको बताएका थिए ।
–सिन्ह्वा/Photo: www.aftenposten.no
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण