सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदै

आइतबार, २४ कात्तिक २०७६, १४ : ४५
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कार्तिक २१ गते ६५ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुको अन्तिम नामावली आज अपरान्ह पाँच बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ । प्रवक्ता श्रेष्ठले भोली(सोमबार) बिहान ११ गतेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको पनि स्मरण गराए । यता, स्थानीय तहको निर्वाचनका लागि भने आगामी कार्तिक २७ गते बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन हुनेछ ।

आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम भने मंसीर ५ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्दैछ । आयोगका प्रवक्ता श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा २ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ । नमुना मतदान समेत गरेर सो उपनिर्वाचनको मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोगको तयारी छ ।

आगामी मंसीर १४ गते रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो उपनिर्वाचनमा आ–आफ्नो मतदाता परिचयपत्र लिएर भाग लिन पनि मतदाताहरुलाई आह्वान पनि गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप