सुनको भन्सार दर बढ्यो, अब कति महसुल तिर्नुपर्छ ?
आइतबार, २४ कात्तिक २०७६, १६ : ३३
काठमाडौं–सरकारले विदेशबाट ल्याउने सुनको भन्सारदर बृद्धि गरेको छ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।
सरकारले भारतमा भन्दा सस्तो भएको भन्दै सुनमा प्रति दशग्राम १५ सय रुपैयाँ भन्सार बढाएको छ । नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति दश ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । यसभन्दा पहिले सोही मात्राको सुनमा प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ मात्रै तिर्नुपर्थ्यो।
थप ५० ग्राम ल्याउँदा ८ हजार ५ सय रुपैयाँ पर्छ । पहिले ७ हजार २ सय रुपैयाँ थियो । भन्सारदर बढेपछि सुनको भाउ महंगिएको छ । भन्सार दर बढेकै कारण तोलामै ११ सय रुपैयाँले बढेर ७१ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने