सुनको भन्सार दर बढ्यो, अब कति महसुल तिर्नुपर्छ ?
आइतबार, २४ कात्तिक २०७६, १६ : ३३
काठमाडौं–सरकारले विदेशबाट ल्याउने सुनको भन्सारदर बृद्धि गरेको छ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।
सरकारले भारतमा भन्दा सस्तो भएको भन्दै सुनमा प्रति दशग्राम १५ सय रुपैयाँ भन्सार बढाएको छ । नयाँ दर अनुसार पहिलो ५० ग्रामसम्म सुन ल्याउने यात्रुले प्रति दश ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्ने हुन्छ । यसभन्दा पहिले सोही मात्राको सुनमा प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ मात्रै तिर्नुपर्थ्यो।
थप ५० ग्राम ल्याउँदा ८ हजार ५ सय रुपैयाँ पर्छ । पहिले ७ हजार २ सय रुपैयाँ थियो । भन्सारदर बढेपछि सुनको भाउ महंगिएको छ । भन्सार दर बढेकै कारण तोलामै ११ सय रुपैयाँले बढेर ७१ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
-
रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा सार्वजनिक
-
अमेरिकी आणविक वैज्ञानिक र रक्षा कम्पनीका इमेल रुसी ह्याकरहरूको निशानामा
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण