सब्सटिट्युट गरिँदा रोनाल्डो रुष्ट
आइतबार एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्टस इटालियन लिगको शीर्ष स्थानमा कायम रहन सफल भएको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदानमा प्रवेश गरेका पाउलो डिबालाले खेलको ७७ औँ मिनेटमा युभेन्टसका लागि निर्णायक गोल गरेका थिए ।
यता, आफूलाई सब्सटिट्युट गरिँदा रोनाल्डो प्रशिक्षक माउरिजियो सारीसँग रुष्ट देखिएका थिए ।

उनी मैदानबाट निकालिने बित्तिकै सिधै टनेलभित्र छिरेका थिए ।
रोनाल्डोलाई खेलको ५५ औँ मिनेटमा नै मैदानबाट निकालिएको थियो । गत सिजन युभेन्टस आएपछि उनी यति चाँडो मैदानबाट निकालिएको पहिलो पटक हो । त्यस्तै, उनी लगातार दुई खेलमा सब्सटिट्युट गरिएको पनि पहिलो अवसर हो ।
मैदान छाड्दै गर्दा रोनाल्डोले म्यानेजर सारीसँग रिस पोख्दै टनेलतर्फ हानिएका थिए ।

इटालियन पत्रिकाका अनुसार खेल सकिन अघिनै रोनाल्डोले स्टेडियम पनि छाडेका थिए ।
गत बुधबार च्याम्पियन्स लिगमा सब्सटिट्युट गरिँदा पनि ३४ वर्षीय खेलाडी क्रुद्ध देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण