एट्लेटिको तेस्रो स्थानमा
एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पान्योललाई ३–१ गोलले हरायो ।
घरेलु मैदानमा एट्लेलिकोले पुनरागमन जित निकालेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेरा, अल्भारो मोराटा र कोकेले गोल गरे । स्पान्योलका सर्जी डार्डेरले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता स्पान्योलले लियो । १८औं मिनेटमा सर्जीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । एट्लेटिकोले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो । एन्जल कोरेराले बराबरी गोल गरे ।
५८औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अगाडी बढाए । दोस्रो हाफको इन्जुरी समयमा कोकेले गोल गर्दै एट्लेटिकोलाई सजिलै जिताएका थिए । जितसँगै एट्लेटिकोले १३ खेलबाट २४ अंक बनाएको छ । आठ अंक बनाएको स्पान्योल रेलिगेसनको मारमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २६ र दोस्रो स्थानको रियल म्याड्रिडको २५ अंक छ ।
ला लिगाकै अर्को खेलमा सेभिल्लाले रियल बेटिसलाई २–१ गेलले हरायो । जितसँगै सेभिल्ला चौथो स्थानमा उक्लिएको छ । सेभिल्लाको १३ खेलबाट २४ अंक बनाएको छ । १३ अंक बनाएको रियल बेटिस १७औं स्थानमा छ । अर्को खेलमा एथ्लेटिक बिल्बाओले लिभान्तेलाई २–१ र मालोर्काले भिल्लारियललाई ३–१ गोलले पराजित गरेको छ । गेटाफे र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण