बैंक तथा वित्तीय संस्था निजी कम्पनी होइनन् : गर्भनर नेपाल
काठमाडौं । निजी कम्पनीको रुपमा खोलिएपनि बैंक तथा वित्तीय संस्थानहरु निजी कम्पनी हुन नसक्ने राष्ट्र बैंकका गर्भनर डा.चिरनजिवी नेपालले बताएका छन् । सोमबार राजधानीमा आयोजित समृद्धि फाइनान्स कम्पनी लिमिटेडको समुद्घाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले निजी क्षेत्रबाट खोलिएपनि सर्वसाधारण जनताको पैसा हुने हुँदा बैंक तथा वित्तीय संस्थानहरु सार्वजनिक(पब्लिक) हुने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालले जनताको निक्षेप संकल गर्ने र परिचालन गर्ने गरी खोलिएका वित्तीय संस्थानहरुले आफूखुशी(मनलाग्दी) निक्षेपको दुरुपयोग गर्न नपाउने बताए ।
‘जनताको पैसाबाट वित्तीय कारोबार संचालन गर्ने कुनैपनि संस्थानहरु निजी हुन सक्दैनन् । यसमा जनताको पैसा हुने हुँदा सरकार र केन्द्रीय बैंकको समेत जिम्मेवारी रहन्छ,’ गर्भनर नेपालले भने, ‘पैसा कमाउने र विजनेस गर्ने उद्देश्य हो भने बैंक तथा वित्तीय कम्पनी नखोल्नुस् अर्कै व्यवसाय अंगाले हुन्छ । यसमा राष्ट्र बैंकको कडा निगरानी रहन्छ ।’
कार्यक्रम मार्फत नेपालले बैंक तथा वित्तीय संस्थानहरुको जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले पनि केही लचकता अपनाउने गरेको बताए । केही समय अघि समस्याग्रस्त अवस्थाबाट डुब्न लागेका बैंक तथा वित्तीय संस्थानहरुलाई पनि राष्ट्र बैंकले अवसर दिएको बताउँदै उनले अब भने कम्पनीहरुलाई सुरक्षित भएर आर्थिक कारोबार गर्न आग्रह गरे ।
यता समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पाँचौं वर्ष पश्चातसंस्थालाई नयाँ टिम, नयाँ कार्यनीति र रणनीतिका साथ पुनः संस्थालाई पुनस्थापित गरेको जनाएको छ । मकवानपुरको हेटौंडामा प्रमुख कार्यालय रहेको फाइनान्सको काठमाडौंको पुतलीसडकसहित नेपालगञ्ज रोड र अमरपथ बुटवलमा शाखा कार्यलयहरु रहेका छन् ।
देशकै ४९औं वित्तीय संस्थाको रुपमा वि.स. २०५८ सालमा वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको रुपमा स्थापना भएको यो संस्था विविध समस्याका बाबजुद २०७० बैंशाख १ गते बन्द हुन पुगेको थियो । हाल यो फाइनान्सले कुल १८ करोड १९ लाख ८० हजार ३०० चुक्ता पुँजी संकलन गर्दै नयाँ टिम सहित पुनः संस्था स्थापित गरेको छ ।
फाइनान्सको नयाँ संचालक समितिमा अध्यक्ष टिका निधि लोहनी, सञ्चालकहरुमा केशवदास श्रेष्ठ, विनोद कुमार सुवेदी, शिवलाल पुरी, विज्ञ संचालक कुमार श्रेष्ठ रहेका छन् यस्तै संस्थाको प्रमुख कार्यकारी निर्देशक(सिईओ)मा भने पुष्प प्रसाद श्रेष्ठ रहेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन २०७३ मा भएको निर्देशन बमोजिम ‘ग’ वर्गको इजाजतपत्र प्राप्त संस्थाको रुपमा यो फाइनान्सले चालु आर्थिक वर्षको अन्तसम्ममा अधिकतम ८० करोड चुक्ता पुँजी पु¥याउने लक्ष्य लिएको छ ।
संस्थाले गत साउन १५ गते नेपाल राष्ट्र बैंकबाट पुनः संस्था संचालनको अनुमति प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण