'अघोरी बाबा'की श्रीमतीविरुद्ध ठगी मुद्दामा ५ दिन म्याद थप
मङ्गलबार, २६ कात्तिक २०७६, १७ : १७
काठमाडौँ । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् ।
ठगी आरोपमा सोमबार पक्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण