संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ : राप्रपा
कठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक र विविध पक्षबारे समीक्षा गर्न आज बसेको पदाधिकारी बैठकले नेपालको भूभागलाई समेट्ने गरी प्रकाशित गरिएको नक्साबाट दुई देशबीचको सम्बन्धमा संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ ।
प्रचार विभागका प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ, ‘दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन ।”
अमेरिकाको वाशिङ्टनमा हुने अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको सम्मेलन र पार्टीको भ्रातृ सङ्गठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा भाग लिन पार्टीका अध्यक्ष कमल थापा आज त्यसतर्फ जानु हुने भएकाले दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीको सशक्त उपस्थिति र विजय सुनिश्चित गर्न सबै पदाधिकारीहरु र केन्द्रीय कार्यसमितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन पनि बैठकले निर्देश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण