सिन्धुपाल्चोकको इन्द्रावतीमा पाँच दलको उम्मेदवारी
सिन्धुपाल्चोक। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पाँच पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली काङ्ग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ र समाजवादी पार्टी नेपालबाट प्रकाश श्रेष्ठको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्ताका क्रममा सिन्धुपाल्चोकका उच्च तहको नेताको उपस्थित भएका थिए । मनोनयन दर्ता कार्यक्रममा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वसांसद सुवास कर्माचार्य नेकपाको जिल्ला अध्यक्ष झम्क नेपाललगायतको नेता कार्यकताको बाक्लो उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाली काङ्ग्रेसका पूर्वमन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत, काङ्ग्रेस सभापति विकास लामालगायतको नेता कार्यकर्ता उपस्थित रहेका थिए । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि अहिले उपनर्वाचन हुन लागेको हो । यसअघि सो वडामा नेपाली काङ्ग्रेस विजयी भएको थियो । निर्वाचित श्रेष्ठसँग नेकपाले उम्मेदवारी खडा गरेको आचार्य पाँच मतले पराजित भएका थिए । यस वडामा एक हजार ४०४ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण