जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
बिहीबार, २८ कात्तिक २०७६, १० : ३६
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बुधबार राति बोलेरो जीप र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा बिहीबार बिहान सवा ३ बजे मृत्यु भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नम्बरको जीप र विपरित दिशाबाट आउँदै गरेको बा६६प २९६५ नम्बरको मोटरसाइकल राति साढे २ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र जीप चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण