समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
सारांश
- दशरथ रङ्गशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ।
- विभिन्न सञ्चार माध्यमहरूले समाचार प्रकाशित गरेपछि सम्बन्धित निकायले मैदानको सरसफाइ तथा घाँस काट्ने काम थालेको हो।
- दशरथ रङ्गशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्।
काठमाडौँ । लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ।
वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो। लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रङ्गशालाको अवस्था अस्तव्यस्त देखिएको थियो।
_7QF78ZLmL6.jpg)
केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूले मैदान झाडीले ढाकिएको र उचित संरक्षण हुन नसकेको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकायले मैदानको सरसफाइ तथा घाँस काट्ने काम थालेको हो।
_pnUlQNs53B.jpg)
हाल मैदानमा घाँस काट्ने र सरसफाइ गर्ने कार्य भइरहेको छ। मैदानलाई पुनः खेल सञ्चालनयोग्य बनाउन आवश्यक मर्मत तथा व्यवस्थापनका अन्य काम पनि अघि बढाइएको छ ।
_g45Yk1NTZN.jpg)
दशरथ रङ्गशाला नेपालकै प्रमुख अन्तर्राष्ट्रिय खेलस्थल हो। यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलसहित विभिन्न खेल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। तर पछिल्लो समय नियमित खेल गतिविधि नहुँदा मैदानको संरक्षण र व्यवस्थापनप्रति प्रश्न उठ्दै आएको थियो। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_g6Ev0VYtFq.jpg)
_cEzPFPVJfg.jpg)
_aX6B4HeLg1.jpg)
_BERCJePh0E.jpg)
_9FaYdn20dZ.jpg)
_O0jYBtgc6r.jpg)
_hRLSv0DG1O.jpg)
_zJZPaKbN0m.jpg)
_yPG3XtnwGb.jpg)
_BSjQkrBQ5m.jpg)
_3AxZR2EJon.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण