भारतविरुद्ध १ सय ९३ रनमा समेटियो नेपाल
बिहीबार, २८ कात्तिक २०७६, १२ : २३
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारत विरुद्धको खेलमा नेपाल १ सय ९३ रनमा समेटिएको छ ।
टस हारेर ब्याटिङमा उत्रेको नेपाल ४४.५ ओभरमा अलआउट हुन पुग्यो ।
नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाए भने शरद भेष्वाकरले ४४ रनको योगदान दिए ।
शर्राफले ४९ बलमा ७ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, कुशल भुर्तेलले २८ रन बनाउँदा करण केसीले २० रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न समेत सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए ।
भारतका लागि सौरभ दुवेले ४ तथा यश राठोरले ३ विकेट लिए । पार्थ रेखादेले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण