नविन र एड्रियनले इटहरी तताउने
काठमाडौं । गायक एड्रियन प्रधान र नबिन के भट्टराईको पूर्वको पर्यटकिय नगरी इटहरीमा सांगीतिक प्रस्तुति आयोजना हुने भएको छ । पूर्वका पर्यटकीय स्थानको प्रबद्र्धन गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना हुन लागेको छ ।
पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन र नविनको विशेष प्रस्तुति रहनेछ । आयोजक हाम्रो कार्टले बिहीबार साँझ एक पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।
हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्य सहित म्युजिक फेस्टिभल गर्न लागेको जानकारी गराए ।
कार्यक्रममा नविन र एड्रियन आफ्नो ब्यान्डसहित प्रस्तुत हुने छन् ।
कन्सर्टमा दुबै गायकका अलावा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त गौतमको पनि प्रस्तुति रहनेछ । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने आयोजकले जानकारी दियो ।
कार्यक्रममा इटहरीस्थित रङ्गशालामा कार्तिक ३० गते शनिबार बेलुका ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण