नेपाली यू–१९ टोलीको तेस्रो हार
काठमाडौं । नेपालको युवा टोली भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा पनि पराजित भएको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ‘बी’ टोलीसँग दुई विकेटले पराजित भएको हो ।
नेपालले दिएको दुई सय ११ रनको विजय लक्ष्य भारतले ४६.३ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो ।
भारतको जितका दिभ्यनास जोशीले ५४ रन बनाए । कृतिककृष्ण सेट्टीले ३९, हर्षराजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, निर्मल कुमारले अविजित २० र आथर्भा बिनोदले १२ रन बनाए ।
नेपालका आकाश चन्दले चार, सागर ढकालले दुई तथा कुशल मल्ल र शेर मल्लले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय १० रन बनाएको थियो । नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रन बनाए ।
शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाएका थिए । भारतका दिभ्यनास जोशीले तीन तथा अथर्भा बिनोद अन्कोलेकरले दुई विकेट लिए । नेपाल यसअघि भारतको ‘सी’ सँग १० विकेट र भारत ‘ए’ सँग एक सय सात रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल प्रवेशपछि मेस्सीको उत्सव, जर्सी फुकालेर समर्थकसँग साटे खुसी
-
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, इंग्ल्यान्डसँग भेट पक्का
-
लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता
-
अल्भारेजको गोलमा अर्जेन्टिनाले लियो पुनः अग्रता
-
सरकारबारे राजेन्द्र महतो : १०० दिनमै ‘निरङ्कुशताको गन्ध’ आयो
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण