फिफा विश्वकप २०२६
सेमिफाइनल प्रवेशपछि मेस्सीको उत्सव, जर्सी फुकालेर समर्थकसँग साटे खुसी
आइतबार, २८ असार २०८३, ०९ : ४२
सारांश
- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले स्विट्जरल्यान्डलाई हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेपछि भावुक शैलीमा जितको उत्सव मनाएका छन्।
- खेल सकिएलगत्तै मेस्सीले आफ्नो जर्सी फुकालेर समर्थकहरूसँग जितको खुसी साटासाट गर्दै सेमिफाइनल प्रवेशको उत्सव मनाए।
- अर्जेन्टिनाले एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्यो।
काठमाडौँ । स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले भावुक शैलीमा जितको उत्सव मनाएका छन्।
खेल सकिएलगत्तै मेस्सीले आफ्नो जर्सी फुकालेर टाउकोमाथि उठाउँदै अर्जेन्टिनी समर्थकतर्फ हल्लाएका थिए। त्यसक्रममा उनले स्टेडियममा उपस्थित समर्थकहरूसँग जितको खुसी साटासाट गर्दै सेमिफाइनल प्रवेशको उत्सव मनाए।
क्यान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको थियो। मेस्सीले पहिलो गोलका लागि असिस्ट गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।

यस जितसँगै साविक विजेता अर्जेन्टिनाले लगातार अर्को विश्वकप सेमिफाइनलमा स्थान बनाएको छ, जहाँ उसको भेट इंग्ल्यान्डसँग हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण