आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, इंग्ल्यान्डसँग भेट पक्का

आइतबार, २८ असार २०८३, ०९ : ३२
आइतबार, २८ असार २०८३

सारांश

  • साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।
  • क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो।
  • यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट पक्का गरेको छ।

काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट असिस्टमा म्याक एलिस्टरले गोल गरेका थिए।

तर दोस्रो हाफको ६७औँ मिनेटमा ड्यान एन्डोयेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याए। त्यसको पाँच मिनेटपछि स्विट्जरल्यान्डका ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिए, जसपछि स्विस टोली १० खेलाडीमा सीमित भयो।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए भने इन्जुरी समयको पहिलो मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित पक्का गरे।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट पक्का गरेको छ। उक्त खेल नेपाली समयअनुसार बुधबार राति हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप