कविता : आमा
-सूर्यप्रसाद खनाल
म धर्ती चिन्दिनँ
म गगन चिन्दिनँ ।
आमालाई जमिन बनाएर
बुबालाई गगन बनाएर
आमाको जिउमा बिज बनेर
धर्ती टेक्ने दिन गनेर ।
पहिलो पाइला
आमाको पेटमै टेकँे
सुरक्षाको निम्ति
पेटभित्रै अंश मागेँ
अनि तारबारले छेकँे
त्यसैले मेरो पहिलो धर्ती
मेरी आमा उहाँ नै हो
धर्ती टेकाउने पहलो गगन
मेरो बुबै हो ।
मन्दिरमा भगवान कहाँ भेटिएला ?
आमामा भगवान कहाँ नभेटिएला ?
साच्चै मूर्ति पुज्ने म मूर्ख हुँ
आमा तिम्रो दीर्घायुको
कामना गरिरहन्छु दिनहुँ
तिमी छौ र त आमा
हरेक पीडाको मलम छ
मेरो भगवान मेरै आमा
तिमीलाई सलाम छ ।
सोच्छु कहिले
गल्याम्म लोड्दा
आमा किन भन्छु ?
केही चिजले घोच्दा
आँमा किन भन्छु ?
अहो तिम्रो दूधबाट
अनि रगतबाट
सिँचित यो शरीर लड्दा
मलाईभन्दा तिमीलाई नै पो दुख्दो रहेछ ।
त्यसैले हरेक मान्छे
दुःखमा मेरी आमा भन्दो रहेछ
आमा तिम्रो कति थोपा
दूधले बन्यो होला ?
मेरो शरीरको एक थोपा रगत
कति रगतकै नदी बगायौ होला ?
मलाई टेकाउन यो जगत
आमा म अरू के नै गर्न सक्छु र ?
तिम्रो दूध र रगतको सम्मानमा
वृद्धाआश्रम पुर्याउने छैन ।
वचनका वाणले तिम्रो छाती फुटाएर,
धुरु धुरु रुवाउने छैन
मसिनो मैले र मेरा सन्ततिले खाएर
तिमीलाई खस्रो खुवाउने छैन
तर आमा मैले तिम्रा लागि
रगतको धार फुटाउन सक्दिनँ कि
दूधका थोपाहरु खसाउन सक्दिनँ कि
गर्भभित्र तिमीलाई बसाउन सक्दिनँ कि
त्यसैले तिमीले जत्ति
मैले उत्ति
माया दिन सक्दिनँ कि
आमा तिमी छौ र भगवान छन्
तिमी छौ र घर छ
तिमी छौ र आधार छ
तिमी छौ र हिम्मत छ
तिमी छौ र संसारै मेरो छ
तिमी छैनौ त सबै अँधेरो छ
लाग्छ आमा तिमी हुँदा
रोगमाथि पनि मलम छ
मेरी आमा तिमीलाई तिम्रै छोराको
साँच्चिकै सलाम छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण