भारतले मिचेको कालापानी क्षेत्रको भूमि फिर्ता हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् ।
आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए ।
उनले नेपालको नक्सा फेर्नुपर्छ भनेर आएका मतहरुलाई अस्वीकार गरे । ‘कतिपयले नक्सा फेर्नुपर्छ भनेका छन् । तर नक्सा फेरेर केही हुँदैन । मिचिएको भूमि फिर्ता गर्नुपर्छ’, उनको भनाइ छ ।
भारतले पछिल्लो समय नपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् । यसअघि नेपालमा भारतीय कदमको चर्को विरोध हुँदै आएको थियो ।
‘सरकारका विरुद्ध केही प्रश्न उठेका छन् । यसमा केही सकारात्मक कुरा पनि उठेका छन् । कालापानीमा अहिले भारतले फौज राखेको होइन, सीमा पनि अहिले मिचेको होइन । तर कतिले अहिले नै मिचेको जस्तो गरेर रउचालेका छन् । तर सजगता र प्रतिवद्धता अनि राष्ट्रिय एकता देखियो खुसी र सकारात्मक कुरा हो,’ प्रधानमन्त्रीको भनाइ छ । उनले अहिलेको सरकार नेपाली जनताको र देशभक्त सरकार भएकाले आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिएको बताए ।
‘हाम्रो भूमिमा अरुका सेना राख्न दिँदैनौ’, विश्व शान्तिको पक्षमा आफूहरु रहेको भन्दै उनले संवादको माध्यमबाटै समस्या समाधान गर्ने बताए ।
‘यो सरकार संवाद गर्न नसक्ने सरकार होइन, संवादमार्फत नै समस्या समाधान गर्छ । नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउँछ । नक्सा प्रेसमा छाप्दा हुने भन्दै महत्त्वपूर्ण विषय आफ्नो भूमि फिर्ता गर्नु महत्त्वपूर्ण भएको बताए ।
उनले राष्ट्रियता र स्वाधीनताको पक्षमा देखाएको एकताप्रति धन्यवाद पनि दिए । उनले मेडिकल कलेजसम्बन्धी आएका समाचारहरु भ्रामक भएको भन्दै सरकारले कुनैपनि मेडिकल कलेजलाई नियमकानुनभित्र राख्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण