भारतले सीमा विवाद समाधानको लागि वार्ताको तयारी गरिरहेको छ : पाण्डे
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले नेपालको एक इन्च भूमि पनि गुम्न नदिने दावी गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले भारत र चीन दुवै मुलुकसँग सीमा विवाद रहेको उल्लेख गर्दै समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए । उनले सरकार र मुलुकको सुरक्षा निकाय देशको भूगोलको रक्षा गर्न गम्भिर नभएको आरोप पनि लगाए ।
समाजवादी पार्टी, नेपालका नेता डा.शिवजी यादव र राष्ट्रिय जनता पार्टी, नेपालका महामन्त्री केशव झाले नेपाली भूमि भारत र चीन दुवै मुलुकले अतिक्रमण गरेको दावी गर्दै ती समस्या समाधानका लागि सरकारले उचित पहलकदमी लिन नसकेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण