तीज गीत प्रतियोगितामा कन्स्टिलेसन विजयी
काठमाडौं – तीज नजिकिएसँगै विभिन्न प्रतियोगिता एवं रमझम पनि सुरु भएको छ । यसैक्रममा प्याब्सन काठमाडौं अन्तर्गत रहेको म्याचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)ले पनि राजधानीमा तीज गीत प्रतियोगिता आयोजना गरेको छ ।
सो प्रतियोगीता विशालनगरस्थित कन्स्टिलेसन एकेडेमी गार्डेन हाइस्कुल विजयी भएको छ । प्रतियोगीतामा सरस्वतीनगरस्थित गोल्डेन पिक हाइस्कुल र गौशालास्थित सम्भावी हाइस्कुल क्रमश दोस्रो र तेस्रो हुन सफल भयो ।
सहभागी विद्यालयको प्रस्तुतिलाई सांस्कृतिक संस्थानका नृत्य प्रशिक्षक सीता कार्की, माया थापा र सुशीला थापाले मूल्यांकन गरेका थिए ।
प्रतियोगितामा वानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार हात पार्न सफल भयो ।
विजेता विद्यालयलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले ट्रफी, सिल्ड तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । सो अवसरमा प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सहभागी विद्यालय एवं विद्यार्थीलाई शुभकामना दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटन गर्न मद्दत पु¥याउने बताए ।
माफमा अहिले २२ वटा विद्यालय आबद्ध छन् । तीमध्ये तीज गीत प्रतियोगितामा १३ विद्यालयले सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण