बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता

बिहीबार, ०४ असार २०८३, ०८ : ४०
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध पहिलो हाफको अन्त्यतिर अग्रता बनाएको छ।
  • कोलम्बिया ४०औँ मिनेटमा डानिएल मुनोजले गरेको गोलको मद्दतमा १–० ले अघि छ।
  • गोल खाएपछि उज्बेकिस्तानले बराबरी फर्काउने निकै प्रयास गर्याे तर सफल भएन।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध पहिलो हाफको अन्त्यतिर अग्रता बनाएको छ। मेक्सिको सिटी स्टेडियममा जारी खेलमा कोलम्बिया ४०औँ मिनेटमा डानिएल मुनोजले गरेको गोलको मद्दतमा १–० ले अघि छ।

लामो समयसम्म गोलरहित बराबरीमा रहेको खेलमा कोलम्बियाले ४०औँ मिनेटमा उत्कृष्ट संयोजनमार्फत अग्रता लिएको हो। लुइस डियाजले दिएको सटीक पासमा डानिएल मुनोजले आकर्षक भली प्रहार गर्दै बल जाली चुमाएका थिए।

गोल खाएपछि उज्बेकिस्तानले बराबरी फर्काउने निकै प्रयास गर्याे। पहिलो हाफको इन्जुरी समयमा टोलीले पहिलो कर्नरको अवसर पाए पनि कोलम्बियाली रक्षापङ्क्तिले खतरा टार्न सफल भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप