रोनाल्डोको ९९औं गोलसँगै पोर्चुगल युरोकपमा
सुपरस्टार क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय ९९औं गोल पूरा गरेसँगै पोर्चुगल सन् २०२० को युरोकपमा छनोट भएको छ । समूह ‘बी’ अन्तर्गत आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० गोलले हरायो ।
पोर्चुगल समूहको उपविजेताको रुपमा छनोट भएको हो । आइतबार नै छनोटको नजिक रहेको सर्विया शीर्ष स्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोटको ढोका खुलेको थियो । यस समूहमा बराबरी खेलेसँगै सर्वियाको पनि प्ले अफबाट युरोकपमा छनोट हुने सम्भावना रहेको छ ।
यस जितसँगै दोस्रो स्थानमा रहेको पोर्चुगलले आठ खेलबाट १७ अंक बनायो । शीर्ष स्थानको युक्रेनले २० अंक बनायो । तेस्रो स्थानमा रहेको सर्वियाले १४, पाँचौं स्थानको लक्जेमवर्गले चार र अन्तिममा रहेको लिथुनियाको एक अंक छ ।
पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेज र रोनाल्डोले गोल गरे । पोर्चुगलले ब्रुनोको गोलबाट अग्रता लिएको थियो । ब्रुनोले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । त्यसपछि रोनाल्डोले ८६औं मिनेटमा गोल गर्दै पोर्चुगलाई जित दिलाए । रोनाल्डोको यो राष्ट्रका लागि ९९औं गोल हो । सन् २००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले देशका लागि एक सय ६४ खेल खेलेका छन् । उनी अब एक गोलले मात्र सतक नजिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन