मन्त्रीबारे टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो
काठमाडौँ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए। बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका थिए ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन ।
बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।
पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण