१७ वर्षीया पूजा चार दिनदेखि बेपत्ता
बुटवल । गुल्मीको ईस्मा गाउँपालिकाकी १७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बेपत्ता भएकी छन् ।
ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी उनी मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी बुटवल जाने बस चढेर तम्घाससम्म आएको देख्ने स्थानीय एकजना पाका पुरुष छन् ।
पूजासँगै ईस्माबाट बसमा आएका उनका छिमेकी ती पुरुषले तम्घासको उदिनढुंगामा रहेको सिर्जना होटलमा ओर्लन र खाना खाएर जान भनेका थिए । तर पुजाले ‘म पर ओर्लिन्छु’ भन्दै त्यहाँ ओर्लिन नमानेको उनको भनाइ छ ।
त्यसपछि पूजालाई तम्घासमा देख्ने कोही भेटिएका छैनन् ।
पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायणप्रसाद बताउँछन् ।
दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन् । उनका परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि जाहेरी दिएको बताइएको छ ।
उनी सोही बसमा बुटवलतर्फ गएको हुन सक्ने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण