पेसेन्ट सेफ्टी मापदण्डअनुसार उपचार गर्न चिकित्सकलाई काउन्सिलको अनुरोध
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आज छुट्टाछुट्टै सूचना जारी गर्दै चिकित्सक र नागरिक दुबै पक्षको ध्यानकर्षण गराएको छ । काउन्सिलले आज जारी गरेको सूचनामा नेपालमा केही समययता उपचारको क्रममा स्वास्थ्यकर्मी तथा बिरामीका आफन्तहरुबीच असमझ्दारी भई घटनाहरु आक्रामक हुँदै गएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ ।
साथै काउन्सिलले नागरिकलाई स्वास्थ्य सेवा चित्त नबुझ्दा अस्पताल तोडफोड गर्ने, स्वास्थ्यकर्मीमाथि हातपात गर्नेभन्दा पनि कानूनी बाटो रोज्नको लागि आग्रह गरेको छ । चिकित्सकको सेवाको बारेमा कुनै गम्भिर गुनासो भएमा काउन्सिलमा उजुरी गर्न पनि अनुरोध गरिएको हो ।

काउन्सिलले सूचना जारी गर्दै बिरामीको उपचार, औषधीमा कमिशन लिने र दिने गरेको समाचारप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । ‘कुनै पनि चिकित्सकले औषधि लेखेवापत अथवा कुनै विज्ञलाई प्रेषण गरेबापत थप सुविधा, कमिशन वा बोनस स्वीकार गर्नू’ काउन्सिलको आचारसंहिता विपरित भएको भन्दै यस्ता कार्य नगराउन र नगर्न दर्तावाला चिकित्सकहरुलाई अनुरोध गरेको छ ।
काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई उपचारको क्रममा पेसेन्ट सेफ्टीको मापदण्डअनुसार सेवा प्रदान गर्नको लागि पनि सूचना मार्फत अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण