निजामती सेवामा पहिलो पटक आठ आधारभूत सिद्धान्त
शुक्रबार, ०६ मङ्सिर २०७६, ०७ : ३६
निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ को दफाबार छलफलका क्रममा आधारभूत सिद्धान्तको व्यवस्था गर्ने सहमति जुटेसँगै ऐनमा ८ आधारभूत सिद्धान्त समेटिने भएका छन् ।
ती आधारभूत सिद्धान्तमा निजामती सेवाको गठनमा योग्यता प्रणालीमा निष्पक्ष छनोट, समावेशी र समान अवसर, स्वस्च र राजनीतिक तटस्थता, इमानदारिता र सदाचारिता, निष्पक्षता र जवाफदेहिता, अनुशासित, उत्तरदायी र नतिजामुखी सेवा, मितव्ययिता, कार्यदक्षता र पारदर्शिता, सेवाप्रतिको प्रतिबद्धता लगायत रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण