बेइजिङमा राष्ट्रपति सि र आइएमएफका प्रवन्ध निर्देशकबीच भेट
एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ । हाल चीन भ्रमणमा रहेका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ ।
त्यस अवसरमा राष्ट्रपति सिले प्रबन्ध निर्देशक जर्जियभाले चीनको पहिलो पटक भ्रमण गर्नुभएको भन्दै स्वागत गरेका हुन् । त्यस अवसरमा चिनियाँ राष्ट्रपति सिले हाल संसारमा आर्थिक वृद्धिमा कमी आइरहेको बताउँदै यसका कारक तत्वका रुपमा रहेका विभिन्न अवस्था र कारणहरुको विश्वले एक भएर सामना गर्नुपर्ने बताए ।
विश्वमा हाल वहुराष्ट्रिय विकास र स्वतन्त्र व्यापारका क्षेत्रमा चुनौतीहरु थपिएका छन् भन्दै यसबाट संसारका देशहरुले बुझ्नुपर्ने धारणा राख्नुभएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । त्यसैले विश्वका देशहरुले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिरहेको धारणा राष्ट्रपति चिनफिङले व्यक्त गर्नुभएको पनि सो समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण