राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गर्नुभएको बताइएको छ । अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
उक्त विज्ञप्तिकाअनुुसार अफगान राष्ट्रपति घानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आमन्त्रण गर्नुभएकोमा सो आमन्त्रण स्वीकार गर्नुभएको बताइएको छ । हाल अफगान राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका छन् । त्यस क्रममा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र अफगान राष्ट्रपति घानीबीचको फोनवार्तामा राष्ट्रपति ट्रम्पले आमन्त्रण गरेका थिए ।
उनीहरुबीच शुक्रबार बिहान फोनवार्ता भएको र त्यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना अफगान समकक्षीलाई अमेरिका भ्रमणमा आउन आमन्त्रण गर्नुभएको उक्त विज्ञप्तिमा जनाइएको छ । त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जना अमेरिकी प्रध्यापकलाई अफगानिस्तानबाट मुक्त गरिदिएकोमा अफगान राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।
त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरुलाई अफगान सुरक्षाफौजले परास्त गर्ने काम गरेकोमा प्रसंशा पनि गरेका थिए । गएका केही महिना यताको अवस्था हेर्दा अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा ठूलो संख्यामा इस्लामिक स्टेट्सका लडाकूहरुलाई यहाँको सुरक्षाफौजले लखेटेको छ ।
केही हप्ता यता यस प्रान्तमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरु र तिनको परिवारका सदस्यहरु समेत गरी करिब ६०० जनाले सुरक्षा फौजसमक्ष आत्मसमर्पण गरेका छन् । यो कार्यको अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभएको बताइएको छ । सो टेलिफोन वार्ताका क्रममा अफगानिस्तानको हालको शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
विज्ञप्तिकाअनुसार अफगानिस्तानमा जारी तालिबानहरुको हिंसा र यसको नियन्त्रणका लागि जारी सैन्य गतिविधिहरुका साथ यहाँ कार्यरत अमेरिकी सेनाको विषययमा पनि सो टेलिफोन वार्तामा कुराकानी भएको थियो । –सिन्ह्वा/Photo:www.khaama.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण