विद्रोहीको ‘भोज’ राष्ट्रिय कथा प्रतियोगितामा टपटेन पुरस्कारबाट सम्मानित
लेखक तथा साहित्यकार राजेश विद्रोही राष्ट्रिय कथा प्रतियोगितामा उत्कृष्ट टपटेन पुरस्कारबाट सम्मानित भएका छन् ।
चितवनको कविडाँडा साहित्य समाजले आयोजना गरेको राष्ट्रिय व्यापी कथा प्रतियोगितामा ६१ जना साहित्य स्रष्टाहरुले कथा पठएका थिए जसमध्ये ११ जना उत्कृष्ट टपटेनमा परेका हुन् । जसमा विद्रोही पनि परेको हो ।
शनिबार चितवनको सौराहामा आयोजित कार्यक्रममा विद्रोहीसहित ११ जना टपटेन उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएको हो ।
कविडाडाँ राष्ट्रिय कथा प्रतियोगिताका उत्कृष्ट टपटेन प्रतियोगीहरु पुन्यप्रसाद खेलको कथा घोडा, मुना चौधरीको कथा समध, इन्द्र बहादुर भण्डारीको कथा इन्द्रेणी, जमिल खाँको कथा मिसन प्रस्ताव, मन्दिरा मधुस्रीको कथा कुमारीको कोख, गायत्रकुमार चापागाईंको आरोहणको कथा, टंकबहादुर आलेमगरको कथा फेसबुके बाजे, चरित्रा शाह भण्डारीको कथा सम्बन्ध, राजेश विद्रोहीको कथा भोज, सिर्जन अविरलको कथा मोड, हिरा लामाको कथा बाजे, हरिप्रसाद अधिकारीको कथा चारमन दाउरा नगद पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
त्यस्तै, खिना स्मृति पुरस्कार २०७६ बाट कवि इन्द्र रेग्मीलाई सम्मापत्रसहित रु ११ हजार १६० प्राप्त गरे ।
कविडाँडा अविनाशी पुरस्कारबाट २०७६ मैदारो उपन्यासका लागि आख्यानकार भूपिन रेग्मीलाई सम्मापत्र सहित रु १० हजार १६० नगद प्राप्त गरेका थिए ।
कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार २०७६ बाट मरीचिका कथा संग्रहका लागि महेश थापा सम्मानपत्र सहित रु २५,१६० प्राप्त गरे । त्यस्तै कविडाँडा साहित्य स्रष्टाहरु भागिरथी स्रेष्ठ,उषा शेरचन र नारायण ढकाल पनि सम्मानित भए ।
सम्मानित सबैलाई प्रमुख अतिथि माया ठकुरी, कविडाँडाका अध्यक्ष एलबी छेत्री र मीना लामिछानेले सम्मानित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण