कपिलले रद्द गरे अमिताभसँगको सुटिङः बिरामी भएर होइन, यस्तो थियो कारण
कपिल शर्मा पुनः एकपटक आफ्नो कार्यक्रमको सुटिङ रद्द भएकाले चर्चामा छन् । यसपटक उनले अमिताभ बच्चनसँगको सुटिङ रद्द गरे । वास्तवमा अमिताभ कपिलसँग केबीसी स्पेशल सूट गर्न चाहन्थे तर अन्तिम अवस्थामा कपिलको एपिसोडको सुटिङ रद्द गर्नुपर्यो ।
बिरामी भएर होइन, यसको अर्कै कारणः
रिपोर्टका अनुसार कपिलले उक्त श्रृङ्खलाको सुटिङ फेडरेशन अफ वेस्टर्न इंडिया सिने इम्प्लोइज (FWICE) को हड्तालका कारण रद्द गरेका हुन् ।
वास्तवमा (FWICE) ले निर्माता गिल्डलाई तलब बढाउन आग्रह गर्दै एउटा नोटिस दिइएको थियो । तलब नबढाए आफूहरु आन्दोलनमा उत्रने पनि उक्त नोटिसमा चेतावनी दिइएको थियो ।
जब माग पुरा भएन तब स्पटबोइदेखि मेकअप म्यान सबै आन्दोलनमा गए । बाध्यताबश, कपिलले अमिताभसँगको सुटिङ रद्द गर्नुपर्यो ।
रिपोर्टका अनुसार उक्त आन्दोलनका कारण ‘पद्मावती’, ‘परमाणु’ र आनन्द एल रायको शाहरुख खान स्टारर फिल्मको सुटिङ पनि प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण