नेपाल भ्रमण बर्ष–२०२० को ५ औँ बैठक सुरु
सोमबार, ०९ मङ्सिर २०७६, ११ : ३२
नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ ।
पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ ।
बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ । साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त भएका पदाधिकारीलाई स्वागत गरिने छ ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ । बैठकको अन्त्यमा पर्यटनमन्त्री भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण