सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमण बर्ष–२०२० को ५ औँ बैठक सुरु

सोमबार, ०९ मङ्सिर २०७६, ११ : ३२
सोमबार, ०९ मङ्सिर २०७६

नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ ।  

पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ । 

बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ । साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त भएका पदाधिकारीलाई स्वागत गरिने छ । 

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ । बैठकको अन्त्यमा पर्यटनमन्त्री भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप