नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
सारांश
- नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
- उनले प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसमेत देशको कूटनीतिक अवस्थाबारे बेखबरजस्तै देखिएको टिप्पणी गरेका छन्।
- गैरेले नेपालको कूटनीति कसको इसारामा चलिरहेको छ भन्दै सरकार, मन्त्रालय वा कुनै अदृश्य शक्तिको भूमिकामाथि प्रश्न उठाएका छन्।
काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्।
सामाजिक सञ्चालन फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको कूटनीतिक अवस्था र राज्यका निकायहरूको अन्योलप्रति चासो व्यक्त गरेका हुन्।
नेपालको कूटनीतिको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै नेता गैरेले लेखेका छन्, ‘नेपालको आजको कूटनीति ! प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय के गर्दैछन्? परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय बेखबरजस्तै देखिन्छन्।’ सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सत्तारूढ दल नै सरकारका गतिविधिबारे बेखबरजस्तै देखिएको दाबी गरेका छन्।
संसद् र नागरिकको अन्योलता दर्श्याउँदै उनले अगाडि लेखेका छन्, ‘संसद्, राज्यका आधिकारिक निकाय र आम नागरिक सबै कुहिरोमा हराएको कागजस्तै अन्योलमा रहेको देखिन्छ।’
देशको परराष्ट्र नीति र कूटनीति कसको इसारामा चलिरहेको छ भन्ने विषयमा प्रश्न उठाउँदै गैरेले थपेका छन्, ‘गम्भीर प्रश्न उठेको छ, नेपालको कूटनीति कसले चलाइरहेको छ? सरकार, मन्त्रालय कि अरू नै कुनै अदृश्य शक्ति?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण