कृषि क्षेत्रलाई निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाईन्छ: मन्त्री भुसाल
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेशअनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिने चाहेको पनि स्पष्ट पारे ।
सोमबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बीउबीजनसम्बन्धि हाम्रा नीति र गतिविधिहरुलाई संघीय ढाँचा अनुरुप बनाउन आवश्यक सबै खालको कानुन संशोधन गर्ने पनि बताए ।
‘बीउबीजनसम्बन्धि हाम्रा नीति र गतिविधि संघीय ढाँचा अनुरुप बनाउनु पर्नेछ,’ मन्त्री भुसालले भने, ‘आजको विज्ञान तथा प्रविधिको विकास तथा मुलुकको आवश्यक्ता दुवै कुरालाई ध्यानमा राखेर सरकारले संविधान अनुकूल हुने गरी आवश्यक कानुनहरु संशोधन गर्नेछ ।’ मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण